काठमाडौं फागुन २० गते ।
मुलुकको ठूलो दल नेपाली कांग्रेसले आफ्ना अगुवा कार्यकर्तालाई सामाजिक सञ्जालको प्रयोग र प्रभावबारे सिकाउने भएको छ । कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबारबाट भैरहवामा आयोजना गरेको क्षेत्रीय सभापति प्रशिक्षण कार्यक्रमको मुख्य एजेन्डाका रूपमा सामाजिक सञ्जालको प्रयोगमार्फत पार्टीको बिस्तार कसरी गर्न सकिन्छ भन्ने रहेको छ ।
सोमबार मध्याह्न सुरु बन्द सत्रमा सामाजिक सञ्जालको प्रभावकारी सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे सिकाइने कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक तथा पूर्णबहादुर खड्काले जानकारी दिए । ‘पहिलोपटक सामाजिक सञ्जालको प्रयोगमार्फत पार्टी बिस्तारका सम्बन्धमा पाठ्यक्रम नै समावेश गरेर छलफल गर्दैछौं,’ खड्काले भने, ‘अहिलेको समयमा पार्टीको बिस्तार र पहुँचका लागि सामाजिक सञ्जालको प्रयोग जरुरी छ ।’
यसबाहेक बन्द सत्रमा पार्टीको क्रियाशील सदस्यता र सांगठनिक अवस्था र समसामयिक मुद्दा लगायत विभिन्न ६ वटा विषयमा विज्ञहरूले प्रस्तुति दिनुहुनेछ ।’ कार्यक्रममा सहभागी पाहुनालाई अन्य सहभागीसँगै अग्रपंक्तिमा राखिएको छ । प्रशिक्षण कार्यक्रमका अतिथिलाई फूलमाला र खादा पहि¥याइएको थियो ।
Discussion about this post