बाँके फागुन २१ गते ।
बाँकेमा नदीजन्य पदार्थमा प्रहरी, जनप्रतिनिधि र टोले गुन्डाहरुको राज चलेको छ । नदीजन्य पदार्थ उत्खनन्मा त्रिपक्षीय सेटिङ हेर्न अन्त कतै जानु पर्दै राप्तीनदी र मानखोलामा हेरे पुग्छ । स्थानीय प्रहरीको असुली धन्दा अनि त्यसमा टोले गुण्डा र जनप्रतिनिधिहरु कुमजोरेर अवैध उत्खनन्मा लागेपछि अरु को बोल्ने ? बाँकेको राप्ती र मानखोलामा जनप्रतिनिधि र पाखुरे गुण्डाको राज चलेको एक जना स्थानीय भन्छन् त्यसमा प्रहरीले पनि साथ दिएको छ ।
राप्ती बगरको बालुवा र नदीका मौरङ, गिट्टीको अबैध दोहन नियमित भैरहेको छ । जिल्ला समन्वय समितिदेखि पालिका र सिडिओे कार्यालय यसको रोकथाममा उदासीन देखिएका छन् । यसले पनि खोला दोहनमा सबैको उत्तिकै मिलेमतो देखिएको स्थानिय बताउँछन् । राप्ती आसपासका राप्तीसोनारी र डुडुवाका विभित्र क्षेत्रमा अबैध दोहनका निर्माण सामाग्रीका पहाड देखिने गरेका छन । तर यी सबै पहाड मापदण्ड विपरीत थुपारिदै आउने यहाँ प्रचलन नै बनेको छ ।
डुडुवा गाउँपालिकाको मिलनचोक नजिकबाट नेपालगन्जबाट गएको प्रहरीले दुईवटा टिप्पर समेत नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कम्दी र जनप्रतिनिधिको सेटिङ्ग अवैध खोला दोहन भैरहेको प्रहरी स्रोतले बताउँछ । हिजो राती अवैध तरिकाले खोलाबाट ल्याइएका दुईवटा टिप्पर रोकेर सोही ठाउँका स्थानीयहरुले विरोध जनाएका थिए ।
त्यसक्रममा करिब २ घन्टा सम्म बादविवाद चलेको थियो । नेपालगन्जबाट गएको प्रहरी टोलिले स्थानीयबासीले रोकेका दुई वटा टिपर नियन्त्रणमा लियो । भे १ क १८१६ र भे १ क १८६१ लाई अवैध तरिकाले नदीजन्य पदार्थ ढुवानी गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय कम्दीको सेटिङमा असुलीधन्दा मच्चाएपछि नदीजन्य पदार्थमा जनप्रतिनिधिदेखि टोले गुण्डाको दादागिरी चलेको छ । कम्दी प्रहरीले क्रसरहरुमा गएर आफै महिना वारि बुझ्दै आएको स्रोतले बताउँछ । भारतबाट तस्कर भएर आउने सामानबाट समेत प्रहरीले महिना वारि बुझ्दै आएको स्रोतको भनाई छ ।
Discussion about this post