बाँके फागुन २८ गते ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कोहलपुर नगरपालिका तेस्रो बनेको छ । प्रारम्भिक नतिजामा अत्यन्तै नाजुक देखिएको कोहलपुर आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा भने छलाङ मारेको छ । कोहलपुर नगरपालिकाले ५८.२१ प्रतिशत अंक पाएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यसअघि कोहलपुर नगरपालिकाको ३५ प्रतिशत मात्र तथ्थांक सार्वजनिक गरेकोमा थप डकुमेन्टहरु अपलोड गरेपछि कोहलपुर नगरपालिकालको ५८.२१ प्रतिशत अंक थपिएसंगै कोहलपुर तेस्रो भएको हो । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजामा कोहलपुर अन्तिममा देखाएको थियो तर केही डकुमेन्ट अपलोडपछि कोहलपुर तेस्रो भएको बताए ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्यांकन गर्दा स्थानीय तहका लागि राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा रोयल्टी बाँडफाँट, सशर्त अनुदानको आधार एवम् आन्तरिक ऋणको सीमा निर्धारण गर्ने गरेको छ । कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जनताप्रति जवाफदेही र जिम्मेवार बन्ने कर्ममा निरन्तर रुपमा प्रयत्नशील रहेको बताए । उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मुल्यांकनको प्रारम्भिक नतिजाले केही झस्काएपनि अन्तिम नतिजाले कोहलपुरलाई अवसर र चुनौती प्रदान गरेको बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘कोहलपुरका सार्वभौम जनताले हामीलाई दिएको जिम्मेवारीप्रति सचेत र संवेदनशील छौं । कोहलपुर नगरले लिएका सार्वजनिक नीतिसँग जनताका भावना जोड्नु, सार्वजनिक सेवा प्रवाह सहज, सरल रुपमा प्रदान गर्नु र जनताप्रति जवाफदेही र जिम्मेवार बन्नुमा हाम्रा कर्महरु निरन्तररुपमा प्रयत्नशील छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मुल्यांकनको प्रारम्भिक नतिजाले हामीलाई र हाम्रो कर्मप्रति प्रश्न खडा ग¥यो ।
हामी आलोचित बन्यौं । तर अन्तिम नतिजाले कोहलपुरलाई अवसर र चुनौती दुबै दिएको छ । यसर्थ म, तपाईं र हामी मिलेर बनाउने हो आधुनिक विकासको कोहलपुर । तपाईं सबैको साथ यो वा त्यो रुपमा हामी पाउनेमा आशावादी छौं ।’
Discussion about this post