बाँके फागुन २९ गते ।
आगामी चैत ७ गतेबाट सुरु हुन लागेको एसइई परीक्षामा बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट करिव एक हजार विद्यार्थीहरु सहभागि हुँदैछन् । २४ वटा विद्यालयका ५२८ छात्रा र ४६३ छात्रगरी ९९१ जना विद्यार्थी एसइई परीक्षामा सहभागि हुने शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार त्यसका लागि ४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सिद्देश्वर मावि सिधनवा, भूवरभवानी मावि विनौना, शिवशक्ती मावि पेरानी र गणेश मावि ढकेरीमा परीक्षा केन्द्र निर्धारण गरिएको न्यौपानेले बताए । सिद्देश्वर मावि सिधनवा परीक्षा केन्द्रमा जय किसान मावि भोजपुर, सरस्वती मावि, नेरामावि गुलरी, नेरा मावि सर्री र भूवरभवानी मावि बिनौनाका २५३ विद्यार्थीले परीक्षा दिनेछन् ।
त्यसैगरी भूवर भवानी माविमा सरस्वती मावि भवानीयापुर, जनशक्ती मावि वैजापुर, नेरामावि कुम्भर, नेरा मावि चिलहरिया, नेरामावि धामपुर र चिल्डे«न प्याराडाइज एकेडेमीका ४०४ जना विद्यार्थीले परीक्षा दिनेछन्् ।
त्यसैगरी शिवशक्ती मावि पेरानी परीक्षा केन्द्रबाट नेरामावि अगैया, सिद्देश्वर महादेव मावि लौकी, जनशक्ती मावि कचनापुर, गौतम ईंगिलिङ स्कुल शम्शेरगन्जका २०८ जना विद्यार्थीले परीक्षा दिनेछन् । त्यसैगरी गणेश मावि ढकेरी परीक्षा केन्द्रबाट शिवशक्ती मावि पेरानी, लक्ष्मी मावि मदुई, जनता मावि महादेवपुरी र दुर्गा भवानी मावि कचनापुरका २७४ जना विद्यार्थीले एसइई परीक्षा दिने न्यौपानेले बताए ।
Discussion about this post