बाँके चैत १ गते ।
होलीको सुरक्षा ब्यवस्थाको निरीक्षण गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी रातको समयमा समेत फिल्डमा खटिएका छन् । नेपालगन्जको सुरक्षा चुनौतिलाई मध्यनजर गरि उनी रातको समयमा समेत फिल्डमा खटिएका हुन् ।
उनको साथमा बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की र नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्ट पनि फिल्डमा गएर सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् । प्रमुख जिल्ला अधिकारी जोशी दिउँसो सम्वेदनशील र अति सम्वेदनशील क्षेत्रको अनुगमन गर्नुका साथै नेपालगन्जका धार्मिक गूरु र नागरिक समाजका अगुवासँग सुरक्षा चुनौतिका बारेमा छलफल गरेका थिए ।
फिल्डमा खटिएर रातको करिव ११ बजेसम्म सुरक्षा अवस्थाको बारेमा जानकारी लियौँ, सुरक्षाकर्मी अपुग भएको ठाउँमा परिचालन गर्ने निर्देशन भएको छ,’ उनले भने, ‘अहिलेसम्मको सुरक्षा प्रवन्ध राम्रो देखिएको छ । थप सुधार गर्नुपर्ने अवस्था आए परिमार्जन गरि अगाडी बढ्छौँ ।’
उनले सुरक्षा ब्यवस्था मिलाउन चैत १ गते विहानै नेपालगन्जका चोक र गल्लीमा पुग्ने बताउँदै उनले होलीलाई सभ्य, भब्य र मर्यादित बनाउन सवैसँग अपिल गरेका छन् । ‘शुक्रवार इस्लाम धर्मावलम्वीको रमजान महिनाको जुमा पनि हो । उहाँहरु मस्जिदमा नमाज पढ्न जाने र फर्किने गर्नुहुन्छ । आफ्नो पर्व मनाउने क्रममा अरुको पर्वमा पनि ख्याल गर्नु होला,’ प्रजिअ जोशीले अपिल गरेका छन् ।
यो समाचार पनि पढ्नुहोस्
नेपालगन्जलाई धार्मिक सद्भावको सहर बनाई राख्न सवैको सहयोग अपरिहार्य छ : प्रमुख जिल्ला अधिकारी जोशी
Discussion about this post