कोहलपुर बाँके कार्तिक ३० गते । सिर्जनशिल खाद्यान्न बाली कृषक पाठशाला का कृषकहरुले आज कृषक दिवस मनाएका छन् ।
नगर कृषी शाखा कोहलपुर नगरपालिका को आयोजनामा कोहलपुर वडानं पाँच का कृषक हरुलाई धान खेतीको बारेमा खेतमै धान लगाएर सिकायको थियो , कृषक हरु लाई कसरी कस्तो प्रजाति को धान लगाउने भन्ने १६ हप्ते तालिमको आज कृषक दिबस मनाइ समापन गरीएको छ ।
कृषी पाठशालामा लाइ प्रशिक्षण गर्दै कृषी अधिकृत प्रमोदकुमार बिश्वकर्मा ले कृषक हरुलाई हौसला दिदै कृषी पेशा नै नेपालीहरु प्रमुख पेसा भएकाले हामी सबै कृषकले आधुनिक कृषि प्रणाली लाइ अविलम्बन गर्नु पर्ने जोड दिएका छन । २५ जना कृषक हरुको सहभागिता रहेको कृषक पाठशाला कृषक हरुको लागी एउटा मार्गनिर्देशक भएको र कृषक मा हुनु पर्ने गुणको बारेमा जानकारी पाएको मा कृषक हरु खुशी ब्यक्त गरेका छन ।
कृषी मा राज्य ले धेरै सहयोग गरिरहेको छ तर बास्तबिक किसान ले त्यो लगानि प्रयोगमा ल्याउन नसक्नाले दुखी रहेको कृषकले आफ्नो भनाइ राखेका थिए ।
Discussion about this post