बाँके कार्तिक ३० गते । स्वाधीनताका स्वरहरु सीमा अतिक्रमण विरुद्धमा रचना वाचन कार्यक्रम कोहलपुरको चौराहा मा कबिता, गजल, मुक्तक बाचन गरीएको छ ।
विश्व कबिता आन्दोलन को समुन्वय मा हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर को आयोजनामा भारत ले सिमा अतिक्रमण गरेको भुमिको बिषयमा कबिता गजल मुक्तक प्रस्तुत गरिएको थियो ।
साहित्यकार हरु ले गित ,गजल ,मुक्तक बाट भारत ले सिमा मिचेको र राज्य ले टुलुटुलु हेरेर बसिरहेको प्रति आफ्नो कला मार्फत आफ्नो प्रस्तुति राखेका थिए । प्रस्तुति बाट कबिकार तथा गजलकार हरुले सिमा अतिक्रमण को बिरोध गरेका थिए ।
उक्त कार्यक्रम का प्रमुख अतिथि कोहलपुर नगरपालिका वडानम्बर ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा, हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान को अध्यक्ष महानन्द ढकाल ,रचना वाचन बिभागका संयोजक देवकी निरौला, बाँसगढी नगरपालिका बर्दिया का प्रमूख प्रशासकिय अधिकृत अमर राज खत्री तथा अन्य साहित्यकारहरू को उपस्थिति रहेको थियो ।
Discussion about this post