बाँके वैशाख २ गते ।
बाँके प्रहरीले चैत महिनामा करिव १४ लाख रुपैयाको अबैध सामान बरामद गरेको छ । एक महिनामा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको १३ लाख ६९ हजार ३५० रुपैयाको अबैध सामान बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार चैत महिनामा ट्राफिक नियम उलङ्घन गर्ने ३ हजार ७२० वटा सवारी साधनलाई कारवाही गरि २९ लाख ५८ हजार रुपैया राजस्व संकलन भएको छ । ’गत चैत महिनामा ७१ वटा सवारी दुर्घटना हुँदा १२० जना घाइते र ७ जनाको मृत्यु भएको छ,’ एसपी कार्कीले भने ।
उनले चैत महिनामा ३ लाख ४ हजार ६३५ रुपैया बरावरको अबैध ब्रोइलर कुखुरा बरामद गरि आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको जानकारी दिए ।
’१५८ वटा मुद्धा दर्ता भएकोमा १९३ जनालाई पक्राउ गरि कानुन बमोजिम कारवाही गरिएको छ,’ उनले भने ।
सचेतनामुल कार्यक्रम अन्तर्गत लागु औषध र लैंगिक हिंसा सम्बन्धि १४१ वटा कार्यक्रम संचालन गरिएको बताउँदै उनले ट्राफिक सचेतना अन्तर्गत २६३ वटा कार्यक्रम संचालन गरिएको जानकारी दिए ।
’उत्कृस्ट काम गर्ने २ जना र प्रहरी नियम बिपरित कार्य गर्ने १ जना प्रहरी कर्मचारीलाई कारवाही समेत गरिएको छ,’ उनले भने ।
Discussion about this post