सुर्खेत मंसिर १ गते ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले समाज रुपान्तरणको अभिभारा पुरा गर्न प्रविधिको उच्च प्रयोग गर्नुपर्ने बताएका छन् । इनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा आइतबार वीरेन्द्रनगरमा सुरु भएको सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम बिषयक कार्यशालालाई उदघाटन गर्दै मन्त्री भण्डारीले राजनीतिज्ञले जहिले पनि प्रविधि र सूचनाको प्रयोग गर्नुपर्ने बताए । ‘अहिलेको युग सूचना र प्रविधिको युग हो । यसको अधिकतम प्रयोग गर्न सके समाजलाई सजिलै रुपान्तरण गर्न सकिन्छ ।’ मन्त्री भण्डारीले भने, ‘त्यसकालागि प्रविधिमैत्री बन्न जरुरी छ ।’ उनले विश्वलाई सूचना तथा प्रविधिले एक गाउामा रुपान्तरण गरेको बताउँदै समाजलाई ड्राइभ गर्ने जनप्रतिनिधिहरुले सूचना र प्रविधिको व्यापक प्रयोग गर्नुपर्ने बताए ।
युएनडिपीको संसद सहयोग परियोजनाले आयोजना गरेको दुइ दिने कार्यशालामा कर्णाली प्रदेश सभाका १६ जना सदस्यहरुको सहभागिता रहेको छ । सञ्चार विज्ञ लक्ष्मण दत्त पन्त तथा मल्टिमिडिया विज्ञ रजनीश भण्डारीले प्रशिक्षण दिइरहेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post