बाँके मंसिर ६ गते ।
नेपालगञ्जको सेतु बिक चोकबाट ९ ग्राम लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन ।
लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नेपालगन्जको सेतुबिक चोकबाट आज अनुमान दिउसो १ बजे तिर पक्राउ गरेको छ ।
सुर्खेत बीरेन्द्रनगर–६ बस्ने ३२ बर्षिय सुमित बोहरालाई ९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक शिव बहादुर शिंहले जानकारी दिनुभयो ।
प्रहरीले दोषीको भे ४ प १४८१ नम्बरको स्कुटी समेत नियन्यत्रमा लिएको र सुर्खेमा पनि लागुऔषध कारोबारी गरेको समेत भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Discussion about this post