बझाङ मंसीर ६ गते ।
बझाङको जयपृथ्वी नगरपालिका २ बस्ने एक किशोरीले आज दिउसोको समयमा आत्महत्या गरेकी छन् ।
जयपृथ्वी नगरपालिका २ मर्तोली गाउँ कि बर्ष १३ की अनिता खड्काले कोठामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई खबर भएपछि वडा प्रहरी कार्यालयबाट घटनास्थल पुगेको प्रहरी टोलिले आत्म हत्याबारे अनुसन्धान गरिरहेको बझाङका प्रहरी प्रमुख डिएसपी गणेश बहादुर बमले जानकारी दिएका छन् ।
मृत्तकको शव लाई पोष्ट्रमार्टमका लागी जिल्ला अस्पताल बझाङमा ल्याउने तयारी भइरहेको समेत जानकारी प्राप्त भएको छ । घरमा कोही नभएको मौका छोपी किशोरीले डोरीको सहायतामा झुण्डिएर आत्महत्या गरेको मृत्तकका आफन्तहरुले जानकारी दिएका छन् ।
Discussion about this post