पोखरा, मंसिर ६ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान को ७औ महाधिवेशन पोखरामा शुरु भएको छ । सङ्गीतमय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को ७औ महाधिवेशन कास्की पोखरामा भव्यरुप मा शुरु भएको छ । मङ्सिर ६,७ र ८ गते गरि तीन दिन सम्म हुने महाधिवेशन मा लोक तथा दोहोरी गीत सङ्ग सम्बन्धित देश तथा विदेशका प्रतिष्ठान बाट कलाकारहरु को सहभागीता रहेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी को अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ को प्रमुख आतिथ्यतामा भएको महाधिवेशनले आगामी तीन वर्ष को लागि नयाँ कार्य समिति पनि चयन गर्ने भएको छ । पोखराको सभागृह बाट भव्यरुप मा र्याली सहित , प्रदर्शनी स्थलमा भएको महाधिवेशन प्रतिष्ठान का प्रथम उपाध्यक्ष रमेश बि जि को स्वागत मन्तव्य बाट शुरु भएको महाधिवेशन को सहजीकरण महासचिव सुबास केसि ले गर्नु भएको थियो भने औपचारिक आर्यक्रम मा गायिका सम्झना लामिछाने , सुर्य खड्का , सम्झना भन्डारी, प्रकाश सपूत, शान्तिश्री परियार लगायत का कलाकार हरुको बेजोड प्रतुती रहेको थियो ।
साथै कार्यक्रम मा स्व.नारायण पाण्डे स्मृति प्रतिभा पुरुस्कार कास्की पोखरा कि लोक दोहोरी गायिका लक्ष्मी सुवेदी लाई प्रदान गरिएको छ ।
Discussion about this post