खोजखबर संवाददाता
बाँके असार १७ गते । औषधी व्यवस्था विभाग शाखा कार्यालय बाँके नेपालगन्जले कैलाली जिल्ला अदालतसंग आरोप पत्र दायर गरेको छ । बझाङ जिल्ला जयपृथ्वी नगरपालिका ९ वस्ने रोहित धामीले असार ९ गते कैलाली जिल्ला धनगढी उपमहानगरपालिका ७ बेलिबजार स्थितिबाट ४४ प्रकारका नेपालमा दर्ता नभएको अवैध औषधी ओसारपसार गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो । २ वटा कालो झोलामा राखी ओसारपसार गर्ने क्रममा धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीकाबाट खटेको टोलीले पक्राउ गरेको हो । निज धामीलाई औषधी ऐन २०३५ को दफा ९ बमोजिमको कसुर गरिएको पुष्टि हुन आएको हुनाले प्रतिवादीलाई कारवाहीको लागि आरोप पत्र दायर गरिएको एक विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।
असार १६ गते सोही ऐन दफा ३४ को उपा दफा १ बमोजिमको ३ बर्ष कैद र जरिवाना मागदावी गरिएको औषधी व्यवस्था विभाग शाखा कार्यालय बाँके नेपालगन्जका सुचना अधिकारी सुरज गौतमद्वारा हस्ताक्षर रहित विज्ञप्तीमा उल्लेख गरिएको छ । निज धामीलाई सोही अनुसार मुद्दाका अनुसन्धान अधिकृत निनु श्रेष्ठ र म.अनुसन्धान अधिकृत यादव प्रसाद ढकाललाई औषधी व्यवस्था विभाग शाखा कार्यालय बाँके नेपालगन्जले आरोपपत्र दायर गरिएको सुचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
Discussion about this post