बाँके मंसिर ७ गते । सँस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले शनिबार नेपालगञ्जस्थित वाटरपार्कको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले वाटरपार्कको निर्माण कार्यबारे जानकारी लिदैं ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले नेपालको तराई क्षेत्रमा रहेका ताल र पोखरीको संरक्षण गर्न सकेमा तापक्रम समेत सन्तुलन हुनेमा जोड दिनुभयो ।
मन्त्री भट्टराईले मन्त्रालयका तर्फबाट आवश्यक सहयोग हुने आश्वासन दिनुभएको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । मन्त्री भट्टराईलाई नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणा, वडा अध्यक्ष रिजालले वाटरपार्क निर्माण अवस्थाबारे जानकारी दिदै पर्यटकीय क्षेत्र बनाउन लागिएकाले मन्त्रालयबाट सहयोगको माग गर्नुभयो ।
Discussion about this post