बाँके मंसिर ८ गते ।आज नेपालगँज उप महानगरपालिका वडा नँ २० मनिकापुरमा भएको एक कार्यक्रममा ८१ जना युवाहरु नेकपामा प्रबेश गरेका छन । वडा नम्बर २० नेकपाले गरेको जन भेला तथा पार्टी प्रबेश कार्यक्रममा याम बहादुर बुढाको नेतृत्वमा नेपाली काँग्रेस लगायत बिभिन्न पार्टीमा आबद्ध युवाहरु नेकपामा प्रबेश गरेका हुन । नव प्रबेसी युवाहरु लाइ नेकपा बाँकेका अध्यक्ष आइ पि खरेल र ५ नँ प्रदेस नेकपा सँसदीय दलकी सचेतक पार्बती पुन उषाले अबिर तथा माला लगाइ स्वागत गरेका थीए ।
उप महानगरपालिका वडा नम्बर २० को नेकपा वडा अध्यक्ष बिश्वनाथ बर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा नेपालगञ्ज नगर कमिटीका अध्यक्ष डिल्ली बराल सदस्य कृष्ण कार्की युवा सँघका नेताहरुको उपस्थिति रहेको थीयो । कार्यक्रममा अब नेपाली काँग्रेसले देश र जनताको पक्षमा काम गर्न नसक्ने र देशको बिकास र समृद्धि नेकपाले नै गर्ने देखिएकोले आफुहरु नेकपामा प्रबेश गरेको बताए ।
कार्यक्रममा नव प्रबेशीहरु लाइ सम्बोधन गर्दै नेकपा बाकेका अध्यक्ष आइ पि खरेलले युवाहरु लाइ समाज बिकासको बाटोमा लामबद्ध गराइ अनुशासित राख्न पार्टी सदैव सजक रहने बताए । उनले नेकपा बाट मात्र राष्ट्र बिकास र समृद्धि सम्भव भएकाले सबै सचेत युवाहरु नेकपामा लामबद्ध हुन समेत आग्रह गरे । ५ नँ प्रदेश सभा सदस्य एवम् नेकपा प्रदेस कमिटि सचिवालय सदस्य पार्बती पुन उषाले समाजमा हुने गरेका विसंगती र बिकृतिको अन्त्य गरि सभ्य र समतामुलक समाजको निर्माण गर्न युवाहरु लाग्नु पर्ने बताइन । उनले नेकपाको सरकारले गरेका राम्रा कामहरुको केहि समय भित्र परिणाम देखीने वताइन ।
Discussion about this post