बाँके मंसिर १८ गते । २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबसरमा नेपालगञ्जमा कानुन संकायको दोस्रो बर्ष अध्यानरत विद्यार्थीहरुले बाँके जिल्ला प्रशासन कार्यालयमामा ज्ञापनपत्र बुझाएका छन ।
अपाङ्ग सम्बन्धि ऐन २०७५ मा उल्लेख भए बमोजिम अपाङ्गता भए ब्यत्तिहरुका लागि सकिन्छ पुराना भौतिक संरचना नभए अब बन्ने भौतिक योजना तथा निर्माण र संरचनामा अपाङ्गता मैत्री वातावरण बनाउन माग गरेका छन ।
जिल्ला प्रशासन अधिकारी लाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थीहरुले अहिले बनेका भबनहरु अपाङ्ग मैत्री नभएका ले धेरै खाले समस्या हरु झेल्नु परेको बताएका छन । विद्यार्थीहरुले ज्ञापन पत्र बुझाउँदै जिल्ला प्रशासन कार्यालयका प्रमुख कुमार बहादुर खड्का ले अब बन्ने भौतिक संरचनामा अनिबार्य रुपमा अपाङ्ग मैत्री बनाउन निर्देशन दिने बताए साथै पुराना भबन हरुमा पनि अपाङ्ग मैत्री बनाउन पहल गर्ने बताएका छन ।
Discussion about this post