बाँके मंसिर १८ गते । नेपालगञ्ज उपमहानगरपालिका पुस्पलाल चोकस्थित भेरी पेट्रोल पम्पको सामुन्ने दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
साइकलमा सवार दुई जनालाई ट्रक ले ठक्कर दिंँदा नेपालगञ्ज १८ का अन्दाजी ३७ बर्षिय दल बहादुर रावल को घटना स्थलमै मृत्यु भएको छ। भने एक गम्भीर घाईतेलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी ले जनाएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला जुम्ला चन्दननाथ नगरपालिका – २ बस्ने ५९ वर्षीय नरजित बुढा रहेको छन । भे १ ख २८४७ नम्बरको ट्रक बाट घटना घटेको र ट्रक र चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन।
Discussion about this post