बाँके मंसिर २० गते । बाल विवाहमुक्त गाउँपालिका घोषणा गर्नको लागि सम्पुर्ण सम्बन्धित सरोकारवाला निकायहरु एकजुट भएर अभियानमा लाग्नु पर्नेमा जोड दिएका छन । नरैनापुर गाउँपालिकाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोग र स्याक नेपालको सहकार्यमा नरैनापुर गाउँपालिकामा बाल विवाहमुक्त गाउँपालिका घोषणा गर्नका लागि रणनीतिक योजना निर्माण कार्यशालामा उक्त कुरा बताएका हुन् ।
सो कार्यशालाको उद्घाटन सत्रमा नरैनापुर गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले स्थानिय तहहरुमा बालसंरक्षण नीति निर्माण गरि कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सबै सामाजिक सघंसंस्थासंग समन्वय र सहकार्य गरि योजना अनुसार कार्य अघि बढ्ने प्रतिबद्धता समेत गर्नुभयो ।
नरैनापुर गाँउपालिकाका उपाध्क्ष जयन्तीदेवी श्रीवास्तवले अझैपनि यस गाउँपालिकामा बालविवाहको समस्या रहेको जानकारी गराउनुभयो । सोही अवशरमा महिला तथा बालबालिका शाखाका कृष्णा चन्दले आगामी दिनमा समन्वय सहकार्य गरि अघि बढ्ने बताउनुुभयो । बाल विवाहमुक्त घोषणा गर्नको लागि स्थानीय तहले रणनीतिक योजना बनाएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले बताउनु भयो । सो अभिमुखीकरणमा पहिले वडा नं.६ र ५ लाई बाल विवाहमुक्त बनाउने लक्ष्य लिई ३ बर्षे रणनीति योजना बनाएको फिल्ड सुपरभाईजर त्रिभुवन प्रसाद यादवले जानकारी दिए ।
रणनीतिक योजना निर्माण बारे श्रोत ब्यक्ति बिष्णु खत्रीले सहजीकरण गरेका थिए । हाल नरैनापुर गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाल विवाह रोकथाम परियोजना सन्चालन भएको खजुरा गाउँपालिका, जानकी, कोहलपुर,राप्तीसोनारी र नरैनापुर गरि पाँच स्थानीय तहको रणनीतिक योजना निर्माण गरिएको स्याक नेपालका परियोजना अधिकृत विनिता राना श्रेष्ठले जानकारी दिईन् ।
Discussion about this post