अजय पाठक बाँके मंसिर २१ गते । पौष महिनाको १५ गते गुरुङ समुदायको महान पर्व तमु ल्होसार धुमधामका साथ मनाउने तयारी सुरु भएको छ।
आज शनिबारको दिन बैठकमा तमु हयुल छोजधी (गुरुङ राष्ट्रिय परिषद) बाँके शाखाका सदस्य र तमु विद्यार्थी बीच छलफल भएको हो ।
तमु हयुल छोजधी (गुरुङ राष्ट्रिय परिषद) बाँके शाखाका अध्यक्ष युग बहादुर गुरुङको अध्यक्षतामा आजको बैठकमा तमु ल्होसारको पौष १५ गतेका दिन ल्होसार लाई धुमधामका साथ मनाउने निर्णय गरिएको छ ।
Discussion about this post