खोजखबर संवाददाता
बाँके असार २१ गते । नेपालगञ्जका दुई खेलकर्मीहरु खेलकुद क्षेत्रको बिकासमा उल्लेखनिय योगदान पुर्याएका भिम ओली र रतन कुमार टन्डन सम्मानित भएका छन ।
आफ्नो प्रथम साधारण सभा तथा अधिबेशनको अवसरमा झुमा स्पोर्ट्स क्लब नेपालगञ्जले उनीहरुलाई सम्मान गरेको हो ।
ओली मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती प्रदेश नम्बर ५ का अध्यक्ष र टन्डन नेपाल ओलम्पिक कमिटीका केन्द्रिय कोषाध्यक्ष रहेका छन ।
क्लबका अध्यक्ष भिम बहादुर रानाभाटको अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख अतिथी प्रदेश सभा सदस्य एवँ ओलम्पियन सुरेन्द्र हमाल र अतिथी उपमेयर उमा थापा मगर, भिम ओलि, रतन कुमार टन्डन रहेका थिए ।
Discussion about this post