खोजखबर संवाददाता
बाँके असार २१ गते । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत शनिवार डुडुवा गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति डुडुवा गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ३ सय ३१ जना बिरामीको प्याथोलोजी जाँच सहितको स्वास्थ्य परिक्षण गरिएको छ ।
डुडुवा–२ स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा चार जना विशेषज्ञ डाक्टरहरुको सहभागिता रहेको थियो । शिविरमा डा. प्रकाश नाग फिजिशियन, डा. प्रवीण गुप्ता मृगौला तथा मुत्ररोग विशेषज्ञ सर्जन, डा. अनुपसिंह रन्होत्रा बालरोग विशेषज्ञ र डा. अस्मिता गौतम एमबिबिएस लगायतले बिरामीको चेकजाँच गरेका थिए ।
चेकजाँच गरिएको बिरामीहरुलाई औषधि समेत वितरण गरिएको समितिका सदस्य शकील अहमद खानले जानकारी दिदै आगामी दिनमा पनि जनतासंग प्रत्यक्ष सरोकारको विषयमा कार्यक्रम संचालन गर्न निरन्तर पहल जारी राख्ने बताउनु भयो ।
यसअघि असार १४ गते शनिवार डुडुवा–५ मा आयोजना गरिएको शिविरमा २ सय ३० जना बिरामीको चेकजाँच गरिएको थियो ।
Discussion about this post