बुटवल मंसिर २८ गते । रुपन्देहीको तिलोत्तमामा घास काट्दै गरेकी महिलाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका –१० कान्छिबजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको शनिवार दिउसो हत्या भएको हो । परियारको स्थानीय २७ वर्षीय विकास गुरुङले हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
कान्छी बजारमा जग्गा प्लटिङ गरेको स्थानमा घाँस काटिरहेकी कमलादेवीलाई गुरूङले धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
गुरुङले प्रहार गरेको धारिलो हतियारबाट कमलादेवीको घाँटीमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको भट्टाइले बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post