बाँके मंसिर ३० गते । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बाँकेका पत्रकार लक्ष्मण ढुंगानालाई उत्कृष्ट पत्रकारिता अवार्ड प्रदान गरेको छ । जिल्लामा रहेर स्थानीयस्तरमा सुशासन र पारदर्शिता सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै ढुंगानालाई नगद सहित पुरस्कृत गरिएको हो ।
सेजनले अमेरिकी दुतावास संगको सहकार्यमा स्थानिय निकायका कर्मचारी र पत्रकारहरुका लागि संघीय संरचनामा बजेट निर्माण र वित्तियपारदर्शिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अमेरिकी दुतावासका प्रवत्ता एन्डी डी अरमेन्ट र नेपालगञ्ज उपमहानगरपालिका मेयर डा.धवल शमसेर राणााले नगद २५ हजार सहित ढुंगानालाई अवार्ड प्रदान गरेका हुन । ढुंगाना कारोवार दैनिक तथा एपिवन टेलिभिजनका बाँके संवाददाता हुन ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकावाट उत्कृष्ट कार्यसम्पादन गर्ने दुईजना वडा अध्यक्षलाई पनी उत्कृष्ट जनप्रतिनिधि अवार्ड प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष प्रमोद रिजाल र वडा नम्वर २ का अध्यक्ष सुनिलसिंह हमाल उत्कृष्ट जनप्रतिनिधि अवार्डवाट सम्मानित भएका हुन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post