बाँके पुस ५ गते । नेपालगञ्ज जेसीजको ३८ औं बार्षिक साधारण सभाबाट प्रज्वल श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । प्रज्वल श्रेष्ठ लामो समय देखि पत्रकारिता क्षेत्रमा कार्यरत पनि हुनुहुन्छ ।
त्यसै गरि कार्यकारी उपाध्यक्षमा भोजराज तिमिल्सेना र चिरिञ्जबी शर्मा चयन भएका छन् भने उपाध्यक्षमा आशिष आनन्द र अंकित कुमार सिंह चयन भएका छन । शनिवार भएको साधारण सभाका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा सो कार्यक्रम बोल्दै जेसीजले ब्यक्तित्व तथा नेतृत्व बिकास हुने खालको कार्यक्रम गत बर्ष जस्तै आगामी बर्ष २०२० मा पनि समाबेसी ढंगले नेपालगञ्ज उपमहानगरपालिका संग सहकार्य गरि सामाजिक कार्य गर्न अनुरोध समेत गरेका थिए । रत्नकाजी शाक्यको अध्यक्षतामा सो साधारण सभा सम्पन्न भएको थियो । निर्वाचन आयुक्त नेपालगञ्ज जेसीजका पूर्व अध्यक्ष सुनिल कुमार गुप्ता रहनु भएको थिए ।
Discussion about this post