बाँके पुस ७ गते । नेपालगन्जको शान्ति विद्या निकेतन विद्यालयमा क्षयरोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।
विद्यार्थीहरुलाई क्षयरोग जस्ता रोगबाट बच्ने उपाय र क्षयरोगलाई न्यूनीकरण गर्ने जानकारी दिने मुख्य उद्देश्यले नेपालगन्जको शान्ति विद्या निकेतन कक्षा १० मा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई क्षयरोग सम्बन्धी जानकारी दियको छ ।
क्षयरोग केहो ? कसरी वचन सकिन्छ ? लागेमा कस्ता-कस्ता उपाय अपनाउने जस्ता थुप्रै कुराहरु नोबेल कलेजकी विद्यार्थी तथा नोबेल कलेज रेडक्रसकि अध्यक्ष सुस्मिता श्रेष्ठले विद्यार्थीहरुलाई जानकारी दियको थिइन।
सचेतता कार्यक्रमबाट क्षयरोग व्यवस्थापन सम्वन्धी र बच्ने उपाय लगायतका धेरै कुराहरुको बारेमा जानकारी पाएको विद्यार्थीहरुले बताएका छन। कार्यक्रमलाई पिके इभेन्टका निर्देशक प्रकाश कुँवरले सहजीकरण गरेका थिए।
Discussion about this post