डडेल्धुरा पुस ८ गते । डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–११ सल्लाघारी २० वर्षीय भरत बोहरा रहेका छन्।
मंगलबार दिउँसो १ बजेतिर अमरगढी नगरपालिका–१ लिसा कम्पनी नजिकै बस र मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
महेन्द्रनगरबाट बझाङ आउँदै गरेको ना७ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायल तर्फ गइरहेको से४प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार बस र मोटरसाइकल ठोक्किँदा घाइते गम्भीर भएका बोहरालाई डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषण गरेका थिए।
दुर्घटनामा गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना रहेका छन्। घाइते भएका उनको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ। बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Discussion about this post