बिष्णकुमार देवकोटा दाङ पुस ८ गते ।
नेपाल भ्रमण बर्षलाई २०२० लाई लक्षित गर्दै दाङमा कृषि, व्यापारीक तथा पर्यटकन महोत्सव २०७६ संचालन हुनेभएको छ ।
नेपाल च्याम्बर अफ कमर्स जिल्ला समितिको आयोजनामा यहि माघ १० गते देखी २२ गते सम्म दाङको घोराहीमा महोत्सव संचालन गरीने च्याम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महराले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
विभिन्न सात वटा उदेस्यहरु सहित आयोजना हुन लागेको महोत्सवले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने, स्थानीय व्यापार प्रबद्र्धन एवं बिकास गर्नै, स्थानीय उत्पादनलाई बजारीकरण गर्नै, जिल्लाका धर्मीक तथा पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्नै, स्थानीय प्रतिभाहरुको खोजि तथा प्रोत्साहन गर्नै, कृषि, घरेलु उद्यम,परम्परागत पेशा व्यवसायको प्रबद्र्धन गर्नै तथा स्थानीय मौलिक कला संस्कृतिको संरक्षण र संबद्र्धनमा टेवा पुर्याउनमहोत्सव सहायक सिद्धहुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post