बारा पुस १४ गते । प्रसौनी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाकाे ज्यान गएको छ ।
त्यस्तै आगाे ताप्ने क्रममा एक जना वृद्धा घाइते भएकी छिन् । घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकी वडा नम्बर ७ की ७० वर्षीया सोनादेवी साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डाै ल्याउने क्रममा आइतबार बेलुकी ज्यान गएको हो ।
घाइते जितपुर सिमरा उपमहानगरपालिका २० की पास्पतीदेवी साहको भने वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चिसो बढेका कारण बाराका दलित र मुसहर बस्तीका बासिन्दा धेरै प्रभावित भएका छन् ।
उज्यालो बाट साभार
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post