
बाँके पुस १४ गते । बाँकेको राप्ती सोनारी गाउँपालीकाकी उपाध्यक्ष धनि कुमारी खत्री लाई बाटो अनुगमनको बिषयमा दिईएको घम्की र सांघातिक हमलाको प्रयास प्रति बाँके क्षेत्र नम्बर एक काँग्रेस क्षेत्रीय कार्यसमिति ले ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी गर्दै बिरोध जनाएको छ ।
पुस ४ गते राप्ति सोनारीका गाउँ पालीकाको आफ्नै कार्यकक्षमा पुगि राप्ति सोनारीका ४ को वैजापुर निवासी ठेकदार मान बहादुर खड्का ले बिनौना चोक देखी मधुवा जोड्ने पुलसम्मको बाटो बनाउने योजना विषयमा अनुगमनको फाईलमा हस्ताक्षर गर्नु पर्ने दबाब दिए पछि उपाध्यक्ष खत्री ले अनुगमन पछि मात्र हस्ताक्षर गर्छु भन्दा पनि ठेकेदार खड्का ले उपाध्यक्ष माथि दुर्ब्यबहार का साथै हातपात गर्ने धम्की दिने र कार्यलय परिसरमा तोडफोड गरेको प्रति खेद प्रकट गर्दै दोषी लाई कडा भन्दा कडा कार्बाही को माग समेत प्रेस विज्ञप्ति मार्फत माग गरेको छ ।
यस्ता घटनाले नेपालको संबिधान र स्थानीय सरकार सन्चालन ऐनले उपाध्यक्ष र उपप्रमुख लाई दिएको अनुगमन मा समेत काम गर्न डर त्रास रहेको र कार्य सम्पादनमा समेत चुनौती खडा गरेको बिज्ञप्तीमा उलेख्य गरेको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर एक का सभापति माधबराम केशी ढकालको हस्ताक्षर बिज्ञप्तीमा त्यस्तो कृयाकलाप गर्ने जो कोही लाइ कानुन बमोजिम कारबाही को माग गर्दै सो कार्यको घोर भत्सना समेत गरेको छ ।
Discussion about this post