
काठमाडौ पुस १५ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एमसिसी बारेको कानुन संसदबाट पारित गर्न सरकारलाई आग्रह गरेको छ ।
पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकको हितमा रहेको एमसिसी बारेको कानुन पास गर्न सरकारलाई आग्रह गरेको हो । उहाले एकातिर अमेरिकी विस्तारवाद भन्ने र अर्कोतिर सहयोगको अपेक्षा गरेर सरकारले दोधारे चरित्र देखको भन्दै आप्पत्ति जनाउनुभयो । त्यस्तै उहाले सूचना प्रविधि विधेयक नागरिकको अधिकार हनन हुने प्रकारको रहेको बताउनुभयो । त्यस्तै सरकारले उखुको गएको वर्षकै समर्थन मुल्य तोकेको जनाउँदै किसानलाई जति सक्दो चाँडो न्याय दिलाउनु पर्नेमा जोड दिनुभयो । प्रवक्ता शर्माले नेपाल ट्रस्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने निर्णय सरकारले पुनर्विचार गर्नुपर्ने बताउनुभयो । नेकपा अध्यक्षको सचिवालयले प्रदेश नम्बर ३ को राजधानी र नामको निर्णय गरेर प्रदेश सभाको अधिकार खोसेको उहाले आरोप लगाउनुभयो । उहाले पार्टीभित्रको विवाद अन्त्यका लागि शिर्ष नेताहरुबीच छलफल भइरहेको जानकारी पनि दिनुभयो ।
प्रवक्ता शर्माले पुष २० गते राष्ट्रिय सभाका उमेदवारको उमेदवारी दर्ता गर्नुपर्ने भएकोले उमेदवारको टुंगो लगाउने विषयमा छलफल गर्न कांग्रेसले बुधबार बेलुका ५ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बोलाइएको बताउनुभयो ।
Discussion about this post