काठमाडौँ पुस १७ गते । चितवनका एसपी दान बहादुर मल्ललाई १२ घण्टाभित्र सरुवाभएको कार्यालयमा जान निर्देशन दिएइको छ ।
सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको हो।
प्रहरी प्रधान कार्यालयले एसपी मल्लसहित २४ जनाको पुस ४ गते सरूवा गरेको थियो।
एसपी मल्लाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर काठमाडौँ सरुवा गरिएको थियो भने उनको ठाउँमा चितवनमा एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post