बाँके पुस १८ गते । राष्ट्रिय सभाको निर्वाचनको पदको लागि नेपाली कांग्रेस र समाजवादी पार्टी बीच सहमती भएको छ ।
माघ ९ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टी बीच चुनावी तालमेल सहमति बमोजिम प्रदेश नम्बर २ हुने ४ पद निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक र समाजवादी पार्टीबाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमती भएको छ ।
सो उम्मेदवारीको लागि नेपाली कांग्रेसको सभापती शेर बहादुर देउवा र समाजवादी पार्टीका सभापति उपेन्द्र यादव बिच सहमती भएको हो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post