खोजखबर संवाददाता
काठमाडौँ असार २५ गते । भोजपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको छ । दुवैतर्फबाट गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।
सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा गोली हानाहान हुँदा दुवै तर्फका एकरएक जनाको मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडाले जानकारी दिए ।
मृत्यु हुनेमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता निरकुमार राई रहेका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । बुधबार बिहान साढे आठ बजे भएको घटनापछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सादा पोशाकमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले पछाडिबाट गोली हानेको र सँगै रहेका अर्का प्रहरीले जवाफी फायर गरेको प्रजिअ खतिवडाले बताए ।
गोली लागेर घाइते भएका दुवैजनालाई अस्पताल र्पुयाए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
Discussion about this post