बाँके पुस २३ गते । कक्षा १२ मा अध्यनरत १८ वर्षीय प्रिन्सु हमाललाई शिक्षक द्वारा दुर्व्यवहार भएको छ । बिधार्थी कुटेको विषयमा बिद्यार्थी संघले शिक्षक लाई कार्वाही गर्ने माग गरेको छ । नेपालगन्ज स्थित आदर्श मावि १२ कक्षामा अध्ययनरत कोहलपुरका हमाल सोमबार शिक्षकबाट कुटिएका थिए। आदर्श माबीका कम्प्युटर शिक्षक भानुभक्त रेग्मीले बिनाकारण हमाल माथि कुटपिट गरेको भन्दै उनले साथीहरूसँग गुहार मागेका थिए।
हमाललाई डायरियाको समस्या भएको हुनाले शौचालय जान खोज्दा पनि परीक्षा गार्डले अनुमति दिएका थिएनन् । दुई घण्टा भएपछि खपि नसक्नु भएर परीक्षा हलबाट निस्किएर शौचालय तिर गयको बेला पछाडि बाट कम्प्युटर शिक्षकले टाउको मा हिर्काएको उनले बताए ।
शिक्षकले ११ कक्षामा हुँदा पनि उनलाइ दुर्व्यवहार गरेको पनि बताए । सोधपुछ गर्ने क्रममा शिक्षक रेग्मीको संकी स्वभावले पीडित भएको विद्यार्थीले बताएका छन्।
आफू लाई सरले किन त्यस्तो गरेको प्रशन राख्दा ‘उल्टै मुखमुखै लाग्छस्’ भन्दै घाँटीमा समाउँदै कुटेको उनले बताए।१५ मिनेट शिक्षकको कुटाइ खाएका प्रिन्सुको घाँटी, टाउको र खुट्टामा चोट लागेको छ र किन पिट्नु भो भन्दा शिक्षकले जवाफ नदिई लात्तैलात्तले कुटेको उनले बताएका छन ।
कक्षा १२ मा पढ्ने नवीनले, ‘कलेजका प्रिन्सिपलले रेस्टिगेट गर्दिन्छु भनेर धम्की पनि दिएका छन्। हामीमाथि अन्याय भएको छ। भन्दै जिल्ला प्रहरीमा उजुरी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीले हमाल लगायतका केही विद्यार्थीले शिक्षकले कुटपिट गरेको भन्दै उजुरी दिएको बताए। ‘पीडितको अवस्था हेर्दा कुटाइ खाएको देखिन्छ, उनले भने, ‘छानबिन गरेरै कानुनी प्रक्रिया अपनाउनुपर्ने बताएका छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post