
कपिलवस्तु पुस २४ गते । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं. ४ को राजपुरमा शब फेला परेको छ ।
हुलाकी राजमार्ग नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा उक्त शब फेला परेको जिल्ला प्रहरी कपिलवस्तुले जनाएको छ ।
अन्दाजी करिब ३२ बर्षको जस्तो देखिने गहुँ गोरो वर्णको, खैरो ज्याकेट, निलो चेक सर्ट, कालो पाइन्ट लगाएको पुरुषको शब पानीमा डुबेको अवस्थामा फेला परेको हो ।
विहीबार विहान राजपुरका स्थानीयले शब देखेपछि प्रहरीलाई खवर गरेका थिए । शब नजिकै लु४प ९६९९ नम्बरको मोटरसाइकल समेत पाइएको ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोक कुमार श्रीवास्तवले जानकारी दिनु भयो । घटनाको अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
Discussion about this post