बाँके पुस २८ गते । सांसद महेश्वर गहतराज ‘अथक’को पहलमा सडक योजनाको विषयमा छलफल भएको छ। बाँके १ का सँघिय साँसद अथकको पहलमा बाँकेको कोहलपुर चप्परगौडिदेखि घुइयाबारी हुँदै सल्यान जोड्ने सडकको योजनाका छलफल भएको हो।
अथक सहित तीनजना सांसदहरूले भौतिक पुर्वाधार तथा यातायात मन्त्री बशन्त कुमार नेम्वाङ सँग भेट गरि छलफल गरेका हुन । मन्त्री नेम्वाङसँग भेट्न सँघिय साँसदहरु वाँके १ का महेश्वर गहतराज अथक, दाङ ३ का हिराचन्द्र के सी र सल्यानका साँसद टेक बहादुर वस्नेत गएका थिए ।
तिन वटै साँसदहरुले लिखित रुपमा मागपत्र पेस गरेकाछन । बिशेष गरि अन्तर प्रदेशीय रणनैतिक सडकका रुपमा रहेको कोहलपुको चप्परगौडी देखि सल्यान जोड्ने सडकलाई सँघिय सरकारको बजेट शीर्षकमा समेट्ने गरि ३० करोड बजेट माग गरिएकोछ ।
साथै उक्त सडकलाई बाँके र सल्यानबाट दुबैतिर बाट एकैपटक सँगसँगै काम थाल्ने गरि काम अगाडि बढाउनु पर्ने लिखित रुपमै माग गरिएको बाँके १ का सँघिय साँसद अथकले जानकारी दिए।
Discussion about this post