विष्णु अधिकारी
बर्दिया,माघ,२ गते । गुलरिया नगरपालिका वडानम्बर—७ निवासी समाजसेवी तथा यादब कंन्ट्रक्सनका प्रोपाईटर अशोक कुमार यादवका बुवा मोतिलाल यादवले माघिको अवसर पारेर २ सय थान कम्बल वितरण गरेका छन् । जाडोबाट जोगाउन गुलरियाका विपन्न परिवारहरुलाई न्यानो कंम्बल वितरण गरिएको हो । समाजमा बसेपछि सामाजीक कामको साथसाथै गरिव तथा वृद्धहरुलाई जाडोको समयमा थोरै भएपनि राहत पुगोस भनेर कम्बल वितरण गरिएको समाजसेवी मोतिलाल यादवले वताए ।
आफ्नो निजि लगानीबाट गरिव, विपन्न, अपाङ्घ तथा वृद्धहरुलाई जाडोमा कंम्बल वितरण गरेर सामाजिम सेवाको साथसाथै सामाजिक उत्तरदायीत्व वहन गरेकोमा प्रशंसनिय कार्य गरेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले वताए । असल नियतले सानैचिज दिएपनि त्यो अरु कसैका लागि अत्यन्तै ठूलो हुने भएकाले समाजमा यस्ता व्यक्तित्वहरु आफैमा नमूनाको पात्रको रुपमा परिचित हुने नगर प्रमुख यादवले वितरण कार्यक्रममा वताए । हाम्रो गाउँघर समाजमा रहेका गरिब, विपन्न, एकल महिला÷पुरुषलाई जाडोको समयमा कम्बल वितरण गरि पुण्यका साथै सामाज प्रतिको उत्तरदायित्व बहन गरेकोमा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यादव परिवारलाई धन्यवाद दिएका छन् । कार्यक्रममा प्रजिअ लामिछानेले यस्ता परोपकारी हातहरु भएमा समाज परिवर्तन हुन समय नलाग्ने बताएका थिए ।
Discussion about this post