खोजखबर संवाददाता
काठमाडौं,असार २७ गते । त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लियो ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ’डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो ।
विमानमा सवार यात्रुहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छन । उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ ।
विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अहिले आपतकालिन संयन्त्रलाई सुचारु गरेर उद्धार कार्य भइरहेको छ । रनवेमा दमकल तथा एम्बुलेन्स पुगेका छन् ।
विमान चिप्लिएसँगै अहिले अन्तराष्ट्रिय विमानस्थल बन्द गरिएको छ । जसका कारण आकाशमा ४ वटा अन्तराष्ट्रिय विमानहरु होल्डमा छन् ।
Discussion about this post