विष्णु अधिकारी
बर्दिया, माघ, १० गते। सामुदायिक सेवा केन्द्रले आफ्नो भूमिका थप सशक्त भूमिकाका साथ लगाडी बढ्नका लागि गुलरियामा कार्यालय विधिवत रुपमा उद्घाटन गरेको छ । उद्घाटन सत्रका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले समाजमा रहेका विकृती, विसंगतीहरुको उजागर गरि समुन्नत समाज सुधार गर्ने कार्यमा सामुदायिक सेवन केन्द्र अगाडी बढ्नु पर्ने कुरामा लामिछानेले जोड दिएका थिए । प्रजिअ लामिछानेले गुलरिया नगरपालिकालाई भयमुक्त समाज निर्माणका लागि सबैसँग हातेमालो गरि अगाडी बढ्न आग्रह गरेका छन् । कार्यक्रममा यस्ता परोपकारी संस्थाले आफ्नो संस्थाको उद्देश्य अनुसार काम गरेमा समाज परिवर्तन हुन समय नलाग्ने प्रजिअ लामिछानेको भनाई रहेको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेश नाथ बास्तोलाले सामुदायिक सेवा केन्द्रले नागरिकका समस्यालाई ध्यान दिएर न्याय र समानताका लागि काम गर्नुपर्ने बताएका छन् । प्रहरी उपरिक्षक बास्तोलाले सेवा केन्द्रले आफ्नो भूमिका बढाउनका लागि नागरिक सँग हातेमालो गर्दै प्रहरी र नागरिक समाजलाई जोड्ने काममा अगाडी बढ्नु पर्ने कुरा बताएका छन् । बास्तोलाले समाजमा हुनेगरेका समान्य प्रकुतीका घट्नाहरुलाई मेलमिलाप द्धारा समाधान गर्नुका साथै सचेतना फैलाउनु पर्ने बताएका छन् । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अमर बहादुर खड्काले समाजमा भएको विकृती विसंगतीलाई न्यूनिकरणका लागि कार्ययोजना बनाएर सेवा केन्द्रलाई सशक्त रुपमा अगाडी बढाउने बताएका थिए । कार्यक्रममा नागरिक समाज, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, विभिन्न सामाजिक संस्थाका अभियन्ताहरुले सामुदायिक सेवा केन्द्रले आवाज विहिनहरुका आवाज भएर अगाडी बढ्न सुझाव तथा शुभकामना व्यक्त गरेका थिए ।
Discussion about this post