खोजखबर संवाददाता
सुर्खेत असार २७ गते । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख डिएफओ ४ लाख रकम घुससहित पक्राउ परेका छन् । डिएफओ भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे ४ लाख रकम घुससहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुसको रकम लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ । लामालाई घुसको रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता कोइरालाले बताउनुभयो ।
Discussion about this post