कोहलपुर बाँके १७ गते । कोहलपुर नगरपालिका वडानम्बर १२ को सुन्दरबस्तिमा बन्ने भनेको बधशाला राष्ट्रिय निकुन्जको कारणले अबरोध भएपछी नगरपालिका कार्यालय कक्षमा स्थानिय वासी र नगर प्रमुख बिच टेबुल ठोका ठोक भएको छ ।
बधशाला कोहलपुर नगरपालिका वडानम्बर ११ को तेर्ह बिघामा निर्माण हुने भनेर निर्णय गर्ने तयारी गरिरहदा स्थानिय जनता र नगरप्रमुख बिच छलफल मै बिबाद आएपछी टेबुल ठोकाठोक र चर्काचर्की भएको हो ।
पहिले कोहलपुर नगरपालिका वडानम्बर १२ को सुन्दरबस्तिमा निर्माण गर्ने भनेर ४० लाख बजेट समेत खर्च गरिसकेको छ । तेत्रो बजेट बाट निर्माण गरिरहेको बधशाला लाई अहिले निकुन्ज को कारण देखाउदै निर्माण नहुने भए पछि र वडामा आएको योजना पुराहुन नदिएको भन्दै स्थानिय जनता आक्रोशमा आएका छन ।
Discussion about this post