काठमाडौ माघ १८ गते ।
युवाहरूलाई लक्षित गर्दै कन्फिडेन्स नेपालले “ यूथ एन्ड इनोवेटिव ” विषयक कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार काठमाडौको दरबारमार्ग स्थित लजिजो विरयानी क्याफेमा आयोजना गरेको कार्यक्रममा कानून पत्रकारिता, विज्ञान व्यस्थापन शिक्षा चिकित्सा जस्ता क्षेत्रका अध्यनरत २५ जना युवा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रशिक्षक रहेका इरशाद अंसारीले विद्यार्थीहरुलाई प्रथमतः स्वयं आफ्नो पहिचान गर्न विभिन्न मानसिक अभ्यास मार्फ़त विद्यार्थीहरूको क्षमता वृद्धि गर्ने कार्यमा सहभागी गराएका थिए ।
“ म को हूँ ? आफ्नो लागि के गर्न सक्छु ? आफु स्थापित हुन क् गर्नु पर्छ? समाज परिवर्तनमा मेरो के योगदान के हुन सक्छ? जस्ता विषयवस्तुको सन्दर्भमा चर्चा अनि परिचर्चा सहभागी का बिच प्रशिक्षण गरीएको थियो ।
कार्यक्रमका सभाअध्यक्ष तथा आयोजक संस्था कन्फिडेन्स नेपालका अध्यक्ष शमशाद आदिलले युवाहरुको क्षमता विकासको लागि अब कार्यक्रमहरूको निरन्तरता दिने बताए ।
कन्फिडेन्स नेपालको सहसचिव अब्दुल करीमले सञ्चालन गरेको उक्त कार्यक्रमलाई मोहम्मद इश्तियाक आलमले कुरआनको तिलावत बाट उद्घाटन गरेका थिए भने शुभकामना मन्तब्य ओसामा अंसारीले व्यक्त गरेका थिए ।
Discussion about this post