बाँके माघ १८ गते । बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजनको माग गर्दै नेपालगन्जमा शान्तिपूर्ण दबाब र्याली निकालिएको छ ।
बाँके होटेल तथा रेस्टुरेन्ट ब्यवसायी संघ नेपालगन्जको आयोजनामा बसपार्कबाट निकालिएको र्याली पुस्पलाल चोक, धम्बोझी चोक हुँदै बिपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । दबाब र्यालीमा बोल्दै वक्ताहरुले बाँके र बर्दियाको लागी कर्णाली प्रदेश नै उपयुक्त रहेको जिकिर गरेका थिए । बुटवल तथा दाङ राजधानी बाँके र बर्दियाको लागी मान्य नहुने र त्यसको लागि बाँके बर्दियाले आन्दोलन गरेरै भएपनि कर्णाली प्रदेशमा समायोजन हुनुको विकल्प नरहेको समेत बताएका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post