• 4.5K
  •  
  •  
  •  
  •  
  •  
    4.5K
    Shares

बाँके असोज १८ गते।

बाँके प्रहरीले आइतबार बिहान भारतबाट अवैध रुपमा नेपालगन्ज ल्याउदै गरेको मोबाइल सेट २५ थान सहित एक व्यक्ति पक्राउ गरेको जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगंजको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का ३१ बर्षिय अमर नाथ सोनिलाई विभिन्न कम्पनीका अवैध २५ थान मोबाइल सेटसहित पक्राउ गरेको हो ।

भन्सार छलि चोरी निकासी गरि भारतबाट नेपाल ल्याउँदै गरेको उक्त मोबाइलहरु उनले चलाई आएको भे ५ प २६८१ नम्बर स्कुटीको डिक्की भित्रबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको स्कुटीबाट अन्दाजी ६ लाख ६५ हजार मुल्य बराबरको OPPO A5 S – ४ थान, REALME 5I – २ थान, NARZO 20 – ५ थान, REDMI NOTE 8 – १ थान र POCO X2 – १३ थान मोबाइल बरामद गरी आवश्यक कारवाहीको लागि स्कुटीसहित सोनिलाई नेपालगन्ज भन्सार कार्यालयमा पठाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here