• 61
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares

बाँके कार्तिक १५ गते ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिवार कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ४ दाङका ७० बर्षीय पुरुषको विहान ५ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज ११ गते अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको १२ गते स्वाव परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

लगत्तै उनलाई कोभिड युनिटमा स्थानान्तरण गरिएको थियो । तर अवस्थामा सुधार नआएपछि आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १८ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here