• 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

डोटी कार्तिक १७ गते ।
अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको ज्यान गएको छ । आदर्श गाउँपालिका–१ बाँझककानी बस्ने ७५ वर्षकी कटी लुहारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गोठालो गएका बेला अरिङ्गालले टोकेर घाइते उहाँको मौवानगरदह स्वास्थ्यचौकीमा उपचारपछि घरमा लगिएको थियो । उहाँको घरमै ज्यान गएको इलाका प्रहरी कार्यालय मौवानगरदहले जानकारी दिएको छ । डोटीको सायल गाँउपालिकामा केहि दिन पहिले पनि एकै घरका दुई बालिकाको अरिङ्गालको टोकाइबाट ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here