• 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

बाँके कार्तिक २२ गते ।
बाँकेको कोहलपुरमा गणतन्त्र बिरोधी नारा लागेको छ । स्वतन्त्र राष्ट्रवादी अभियान नामक समुहले कोहलपुरमा गणतन्त्र बिरुद्ध नारावाजी गरेको हो । गणतन्त्र धोका हो भन्दै सडकमा उत्रिएको समुहले संघियता धर्म निरेपक्षता बिरुद्ध समेत नारावाजी गरेको थियो ।

२०४७ को संविधान पुर्नवहाली र राजासहितको हिन्दु राज्यको माग सहित आफुहरु सडकमा आएको र्यालीमा सहभागीले बताएका छन । राष्ट्रवादी अभियानले राजा सहितको हिन्दु राज्यका लागी देश व्यापी प्रर्दशन गरिरहेकाले कोहलपुर समेत र्याली गरीएको बताईएको छ ।

राजासहितको हिन्दु राज्यको माग सहित विभिन्न नारा लगाईएको र्याली कोहलपुर नगरको परिक्रमा पछि कोहपुर चौराहमा पुगेर कोण सभामा परिणत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here