• 567
  •  
  •  
  •  
  •  
  •  
    567
    Shares

बाँके कार्तिक २७ गते ।
बाँकेमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको मुगुवा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

बिग्रिएर सडकमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा ठोक्किँदा ना ५५ प ९७५६ नम्बरको मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी कुलदिप चन्दले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । अस्पतालमा ल्याउन नपाउँदै उनीहरुको मृत्यु भयो । मृतक दुवै जनाको शवलाई भेरीको पोष्टमार्टम गृहमा राखिएको छ । दुवै जनाको सनाखत भइसकेको छैन ।

यो पनि पढ्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here