• 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

बाँके कार्तिक २७ गते ।
कोरोना भाइरस संक्रमणबाट बाँके कोहलपुरकी ३२ बर्षीया महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१ कौशिलानगरकी ती महिलाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गएराती मृत्यु भएको जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्या आएपछि ती महिलालाई मंगलवार अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि त्यसको भोलिपल्ट पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

त्यसैदिन अपरान्ह उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो ।रोगको प्रकृतिअनुसार सबै खालको उपचार गदागर्दै गएराती १२ः१५ बजे ती महिलाको मृत्यु भएको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here