• 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

बाँके कार्तिक २८ गते ।
बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर सडकबाट खसेर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाउनेमध्ये बैतडीको दोगडाकेदार ६ का प्रहरी जवान रणबहादुर चन्द, नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको नाम खुलेको छ ।

उनीहरुका ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।त्यसैगरी उपचारका क्रममा डडेल्धुरा अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ वर्षीया कृतिका कार्कीको ज्यान गएको छ ।अन्य घाइतेहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here